- संगालोखबर सम्वाददाता

पोखरा । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित पोखराका लागि उडेको ९ एन एएनसी एटीआर ७२ विमान दुर्घटनामा परेको हो ।

Advertisement

बिहान साँढे १० बजे सो विमान काठमाडौंबाट उडेको थियो । क्याप्टेन कमल केसीले जहाज उडाएका थिए । विमानमा छ जना वालवालिका र ६२ जना वयस्क यात्रु सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती खोचमा विमान खसेको छ ।

दुर्घटनास्थलमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले दुर्घटनास्थलमा उद्धारको काम भइरहेको छ । विस्तृत विवरण आउँन वाँकी छ ।

भिडियो हेर्नुहोस्…

दुर्घटनाग्रस्त विमानमा को-को सवार थिए ? (नामावलीसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!