- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित ढाटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका–८ का ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठ छन् ।

Advertisement

श्रेष्ठ प्रदेश १ संसद् सचिवालयका कर्मचारी रहेको जनाइएको छ । आज बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको १ –०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटी आपसमा ठोक्किएका थिए ।

मोटरसाइकलमा सवार रहेका श्रेष्ठ दुर्घटनामा घाइते भएका थिए । उनलाई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

स्कुटी चालक बुढीगंगा गाउँपालिका–२ का रोशन बिक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईँ घाइते भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!