प्रदेश १ सरकारलाई तिब्बतद्वारा ७ करोडको स्वास्थ्य सामाग्री प्रदान

प्रदेश १ सरकारलाई तिब्बतद्वारा ७ करोडको स्वास्थ्य सामाग्री प्रदान

विराटनगर । चीनको स्वशासितक्षेत्र तिब्बत सरकारले प्रदेश १ सरकारलाई ७ करोड भन्दा बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । परिषद्का प्रदेश १ कोअर्डिनेटर मुकेश उपाध्यायले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सामाग्री हस्तान्तरण गरे । प्रदेश सरकारलाई करिब ७ करोड ७४ लाख बराबरको स्व...
संखुवासभामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

संखुवासभामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभामा ट्याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–५ की २१ बर्षीया पेम्बा ल्मु शर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको हो । बिहान साढे ७ बजे डाँगीगाँउबाट चैनपुरतर्फ आउँदै गरेको को.२ त.५३०८ नम्बरको ट्याक्टरबाट लडेर शेर्पा घाईते भएकी थिईन । घाईते शेर्पालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्या...
मोरङको सुनवर्सीमा चट्याङ लागेर महिलाको मृत्यु

मोरङको सुनवर्सीमा चट्याङ लागेर महिलाको मृत्यु

मोरङ । मोरङको सुनवर्सीमा आज दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बर्षासँगै परेको चट्याङले लाग्दा सुनवर्सी–६ तालगाछीकी ३० बर्षीया निरुतुकुमारी दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिव १२ बजे बारीबाट मकै लिएर घर आउदै गर्दा चट्याङ लागेर उनी गंभीर घाईते भएकी थिईन् । घाईते दासलाई उपचारका लागि लैजादै गर्दा दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धरानमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

धरानमा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

धरान । धरानमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १४ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३८ बर्षीय बाबुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनले गत शुक्रबार बिहान ७ बजे आफ्नै छोरीलाई बलात्कार गरेको आरोप छ । घटनाको जानकारी पाएपछि बाबुलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाईएको धरानका प्रहरी निरीक्षक हेमराज ओलीले संगालोखबरलाई बताए । उनीबिरुद्ध ...
बिश्रान्तिका वृद्धवृद्धाको निःशुल्क आँखा जाँच

बिश्रान्तिका वृद्धवृद्धाको निःशुल्क आँखा जाँच

धनकुटा । धनकुटाको मुलघाट स्थित विश्रान्ति वृद्धाश्रमका जेष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ धनकुटा, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पतालले शिविर सञ्चालन गरी वृद्धवद्धाहरुको आँखा जाँच गरेको हो । शिविरमा वृद्धाश्रमका ४६ जना वृद्धवृद्धाको आँखा जाँच गरिएको नेत्रज्योति संघका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए । आँखा शिविरमा ६५ देखि ९९ बर्षसम्मका वृद्धवृद्धाले सेवा ...
धनकुटामा कोरोना परीक्षण गर्ने प्रयोगशाला राख्न पहल गरिदै, स्वास्थ्यमन्त्री सकारात्मक

धनकुटामा कोरोना परीक्षण गर्ने प्रयोगशाला राख्न पहल गरिदै, स्वास्थ्यमन्त्री सकारात्मक

धनकुटा । कोरोना भाईरस परीक्षण गर्ने प्रयोगशाला धनकुटामा बनाउँन पहल थालिएको छ । धनकुटासहित भोजपुर, तेह्रथुम र संखुवासभा जिल्लाबासीलाई सहजताका लागि पीसीआर परीक्षण गर्ने प्रयोगशाला सञ्चालन गर्न पहल थालिएको हो । धनकुटामा पीसीआर मेसिन ल्याउँने बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग कुरा भएको सांसद राजेन्द्र राईले जानकारी दिए । ‘धनकुटासहित छिमेकी चार जिल्लालाई सहजताका लागि धनकुटामा पी...
धनकुटाका सांसद राईको माग : गाँजा खेतिलाई कानुनी मान्यता दिनुपर्छ (भिडियोसहित)

धनकुटाका सांसद राईको माग : गाँजा खेतिलाई कानुनी मान्यता दिनुपर्छ (भिडियोसहित)

काठमाडौं । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले गाँजा खेतिलाई कानुनी मान्यता दिन माग गरेका छन् । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले कानुनी मान्यता दिएर गाँजा खेतिमा कृषकहरुलाई प्रोत्साहन गर्न माग गरेका हुन् । धनकुटाका जनतालाई सबैभन्दा सजिलो र राम्रो गाँजा खेति रहेको भन्दै उनले गाँजा खेतिलाई कानुनी मान्यता दिन सकेमा धनकुटाबासी धनी बन्ने जिकिर गरे । ‘अ...
मोरङमा चार्टर्ड एकाउन्टेण्ट संघको नेतृत्व परिवर्तन

मोरङमा चार्टर्ड एकाउन्टेण्ट संघको नेतृत्व परिवर्तन

बिराटनगर । नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ मोरङको नेतृत्व परिवर्तन भएको छ । लकडाउनका कारण अनलाईनमार्फत बसेको चार्टर्ड एकाउन्टेण्टहरुको बैठकले अस्वानी बन्सालको संयोजकत्वमा ८ सदस्यीय जिल्ला कार्य समिति निर्माण गरेको हो । समितिको महासचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा तीर्थ यादव चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा अमिर न्यौपाने, सन्जय बन्साल, अनिल प्रसाई, रुपा अग्रवाल र किन्जल पोखरेल सर्वसम्मत चयन ...
राहत वितरणमा जाँदा दुर्घटनामा परेकी नेकपा नेतृको उपचारका क्रममा मृत्यु

राहत वितरणमा जाँदा दुर्घटनामा परेकी नेकपा नेतृको उपचारका क्रममा मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख...
धनकुटाको जनज्योति सहकारीले गर्दियो ३३ पत्रकारको कोरोना बीमा

धनकुटाको जनज्योति सहकारीले गर्दियो ३३ पत्रकारको कोरोना बीमा

धनकुटा । धनकुटा–६ स्थित जनज्योति बचत तथा ऋण सहकारी सस्थाले जिल्लाका क्रियासिल पत्रकारहरुको कोरोना बीमा गरेको छ । पत्रकार महासंघसँगको समन्वयमा धनकुटाका क्रियासिल ३३ पत्रकारहरुको एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको हो । पत्रकारहरुको बीमा गरेर शनिवार सहकारीका अध्यक्ष बिकास घिमिरेले पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राईलाई बीमा अभिलेख हस्तान्तरण गरेका छन् । कोरोनाको महामारी फैलिरहेका बेला पत...
प्रदेश १ का ९ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १६०

प्रदेश १ का ९ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १६०

बिराटनगर । शनिवार संखुवासभामा कोरोना संक्रमित भेटिएसँगै प्रदेश नं.१ मा कोरोना संक्रमण फैलिएका जिल्लाको संख्या ९ पुगेको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संखुवासभाको खाँदबारीका २३ बर्षीय पुरुष र पाँचखपनका २२ बर्षीय पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संखुवासभाका दुई र झापाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोन...
ईलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ईलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ईलाम । ईलाममा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । ढुंगा लिन जाँदै गरेको मे.१ त.४१०३ नम्बरको ट्याक्टर दिउँसो करिव २ बजे ईलाम साखेजुङ स्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक ईलाम नगरपालिका–१ साकेजुङका ३२ बर्षीय योगेश मगरको मृत्यु भएको हो । ट्याक्टर पल्टिँदा चालक मगर गम्भिर घाईते भएका थिए । उपचारका लागि लैजादै गर्दा उनको ...
सुनसरीको बराहक्षेत्रमा युवाको हत्या, दुई जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा युवाको हत्या, दुई जना पक्राउ

सुनसरी । सुनसरीको बारहक्षेत्र–३ बाङ्गेका कमल राईको हत्या भएको छ । स्थानीय ईक्राही जमुनाकित्ता स्थित प्लटिङ गरिएको जग्गामा हत्या गरेर फालिएको अवस्थामा ३७ बर्षीय राईको शव फेला परेको प्रहरीले जनाएको छ । राईको शरिर तथा टाँउकोमा चोट छ । मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान थालेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । राईको हत्यामा संलग्न भएको अरोपमा बराहक्...
धनकुटाका थप १८३ को रिपोर्ट नेगेटिभ

धनकुटाका थप १८३ को रिपोर्ट नेगेटिभ

धनकुटा । धनकुटाका थप १८३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाईएको हो । संक्रमितको क्लोज कन्ट्राक्ट लिष्टमा भएका र फन्टलाईनमा काम गर्नेहरुको गत मंगलबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको थियो । शुक्रबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले संगालोखबरलाई...
ताप्लेजुङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिराटनगरबाट सानिमा हाइड्रो पावरको सामाग्री लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ना.६ ख.८२६२ नम्बरको ट्रक फुङलिङ–९ कटहरेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक बाह्रदशी गाउँपालिका–६ का २९ बर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ करिव ५ बजे अनियन्त्रित भई ट्रक पल्टिँदा चालक तामाङ ...
धनकुटामा दीप प्रज्वलन गरेर मनाइयो गणतन्त्र दिवस

धनकुटामा दीप प्रज्वलन गरेर मनाइयो गणतन्त्र दिवस

धनकुटा । गणतन्त्र दिवसको अवसरमा बिहिबार साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटा बजारको हुलाकटोल स्थित ग्रिनपार्क र हिले स्थित बुद्धचौकमा दीप प्रज्वलन गरिएको हो । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्ध बनाउँन शुभकामना आदान–प्रदान गर्दै दीपावली गरिएको उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए । दीप प्रज्वलनका क्रम...
बेलबारीमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

बेलबारीमा आमाको हत्या गरी छोराले गरे आत्महत्या

मोरङ । मोरङको बेलबारीमा आज एक युवाले आमाको हत्या गरी घाँटी रेटेर आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–४ बुधबारेका ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन् । जीवनले ईटा प्रहार गरी आमाको हत्या गरेको बेलबारी प्रहरीले जनाएको छ । छोराले हानेको ईटाले लागेर देवीकुमारीको घटनास्थलमै मृत्यु भएको हो । आमाको मृत्यु भएपछि उनले आफै घाँटी रेटेर आत...
धनकुटाका आरडीटी पोजिटिभ देखिएकासहित २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धनकुटाका आरडीटी पोजिटिभ देखिएकासहित २२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धनकुटा । आरडीटी रिपोर्ट पोजिटिभ आएका धनकुटाका एक कर्मचारीको पीसीआर बिधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पाईएको छ । आरडीटी पोजिटिभ देखिएका एकसहित २२ जनाको स्वाब संकलन गरी धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । केही दिनअघि जिल्लाको छथर जोरपाटी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा गाउँपालिका कार्य...
झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लाग्दा मेचीनगर नगरपालिका–१२ का २४ बर्षीय रामायण राजवंशीको मृत्यु भएको हो । करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा राजवंशी घाईते भएका थिए । उपचारका लागी मनमोहन अस्पताल बिर्तामोड लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । खाद्यान्न बोकेर धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको ना.६ ख.१८८६ नम्बरको ट्रक बिहान करिव ४ बजे धनकुटा नगरपालिका–१० पाल्लेखोला स्थित पेट्रोल पम्प नजिक दुर्घटना भएको हो । ट्रक सडकबाट पल्टिएर डिलमुनी खसेको छ । दुर्घटनामा मानबीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । ट्रकमा रहेका चालक र सह–चाल...
धनकुटामा हावाहुरीको वितण्डा : दर्जनौं पोल ढल्दा जिल्लाभर बिद्युुत अवरुद्ध

धनकुटामा हावाहुरीको वितण्डा : दर्जनौं पोल ढल्दा जिल्लाभर बिद्युुत अवरुद्ध

धनकुटा । धनकुटामा मंगलबार साँझ आएको हावाहुरीले दर्जनौं स्थानमा क्षति पुर्याएको छ । हावाहुरीका कारण जिल्लाभर बिद्युत लाईनका ७० भन्दा बढी पोल ढलेका छन् । ठाउँ–ठाउँमा बिद्युतका पोल ढल्नुका साथै तार चुडिदा जिल्लाभरको बिद्युत अवरुद्ध भएको बिद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए । ‘साँझसम्म ७० भन्दा बढी पोल ढलेको जानकारी आएको छ । हावाहुरीले अझै कति क्षति पुर्यायो यक...
धनकुटामा छ पत्रकारसहित १८३ को स्वाब संकलन

धनकुटामा छ पत्रकारसहित १८३ को स्वाब संकलन

धनकुटा । धनकुटामा मंगलबार छ पत्रकारसहित १८३ जनाको स्वाब संकलन गरिएको छ । पीसीआर बिधिबाट कोरोना परीक्षणका लागि उनीहरुको स्वाब लिइएको हो । धनकुटाका सात जनामा कोरोना संक्रमण पुष्टि भएकाले उनीहरुको सम्पर्कमा पुगेकाहरुको कन्ट्राक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्ने क्रम चलिरहेको छ । सोही क्रममा संक्रमितको सम्पर्कमा पुगेका र फन्टलाईनमा काम गर्नेहरुको स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमु...
सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ

सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ बाट आज बिहान लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । बिहान साँढे ५ बजे लागुऔषधसहित लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट डाईलक्स डि.सी. १०० मिलिलिटरको ४७ बोतल, नाईट्रोसन ९० ट्याब्...
मोरङको सुन्दरहरैंचा र केरावारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको सुन्दरहरैंचा र केरावारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचा र केराबारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराती करिव १० बजे केरावारी गाउँपालिका–९ स्थित भित्री सडक खण्डमा को.३८ प.१०७१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक स्थानीय ३० बर्षीय बिकास गुरुङको मृत्यु भएको हो । बाटोमा ढलेको रुखको हागोमा ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा गुरुङ गंभीर घाईते भएका थिए । उपचारका लागि बिराटनगर स्थित बिराट नर्सिङ होम पुर्याई...
ईलाममा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

ईलाममा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

ईलाम । ईलाममा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर माङसेबुङ गाउँपालिका–१ का १२ बर्षीय सुवी बस्नेतको मृत्यु भएको हो । सोमबार दिउँसो खोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल ईलाम लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।
धनकुटामा एक कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ, २२ जनाको स्वाब पठाइयो

धनकुटामा एक कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ, २२ जनाको स्वाब पठाइयो

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका कार्यालयमा कार्यरत एक कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । छथर जोरपाटीमा २४ जनाको परीक्षण गर्दा एक पुरुष कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो । त्यस्तै गाउँपालिकाकै अन्य दुई जनाको रिपोर्ट पनि शंकास्पद आएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुन्दरमान डंगोलले जानकारी दिए । आरडीटी रिपोर्ट पोजिटिभ आउँने ती कर्मचारीले कोरोना संक्रमण पु...
भोजपुरका ५२ पत्रकारको कोरोना बिमा

भोजपुरका ५२ पत्रकारको कोरोना बिमा

भोजपुर । भोजपुरका पत्रकारको कोरोना बिमा गरिएको छ । कोरोना संक्रमण फैलिरहेका बेला जोखिम मोलेर काम गर्ने पत्रकारका लागि स्थानीय जनप्रतिनिधिले बिमा कम्पनीसँग सम्झौता गरेर क्रियाशिल ५२ जना पत्रकारको बिमा सम्झौता गरेका हुन् । भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङ र वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसँग पत्रकारको बिमा सम्झौता...
धनकुटाका दुई सांसदसहित १७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धनकुटाका दुई सांसदसहित १७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

धनकुटा । धनकुटाका दुई प्रदेश सांसदसहित १७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा सोमबार गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण नभएको पाईएको हो । धनकुटाका सात जनामा कोरोना संक्रमण पुष्टि भएका कारण ‘कन्ट्राक्ट ट्रेसिङ’ का आधारमा उनीहरुको सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने क्रम चलिरहेको छ । सोहि क्रममा शनिवार १३ जना प्रहरी, द...
उदयपुरमा घरभित्रै महिला मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ

उदयपुरमा घरभित्रै महिला मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ

  उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ की दिलमाया तामाङ आज बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । बिहान ७ बजे ४३ बर्षीया तामाङ आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । उनको शरीरमा धारिलो हतियार प्रहार भएको पाईएको प्रहरीले जनाएको छ । स्थानीयबाट घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थल गएको थियो । धारिलो हतियार प्रहार गरी हत्या भएको आशंकामा प्र...
मोरङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

मोरङमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

बिराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ मा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को.२ त.२४५९ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २७ बर्षीय प्रबिण राईको मृत्यु भएको हो । ट्याक्टरबाट लडेर घाईते भएका राईलाई उपचारका लागि मंगलबारे अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
धनकुटा अस्पतालमा उपचार सुचारु: बीपीका डाक्टरले उपचार गर्दै, धनकुटाका डाक्टर क्वारेनटाइनमा

धनकुटा अस्पतालमा उपचार सुचारु: बीपीका डाक्टरले उपचार गर्दै, धनकुटाका डाक्टर क्वारेनटाइनमा

धनकुटा । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको धनकुटा जिल्ला अस्पताल आईतबारबाट पुनः सञ्चालनमा आएको छ । गत सोमबारबाट सिल भएको जिल्ला अस्पतालमा धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टरको टोली ल्याएर एक साता पछि पुनः उपचार सेवा सञ्चालन गरिएको हो । यता, सहकर्मीलाई कोरोना संक्रमण देखिएपछि धनकुटाका डाक्टरसहित स्वास्थ्यकर्मीहरु क्वारेनटाइनमा बसेक...
error: Content is protected !!