धनकुटाको लेगुवामा एम्बुलेन्स चालकमाथि कुटपिट, दुई जना पक्राउ
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा खोलामा एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । संखुवासभाबाट बिराटनगर बिरामी पुर्याएर फर्कदै गरेको बा.१९ च.९६८६ नम्बरको एम्बुलेन्सका चालक योगेन्द्र घलेलाई स्थानीय युवाले कुटपिट गरेका हुन् ।
मादक पदार्थ सेवन गरेका युवाहरुले एम्बुलेन्स रोकेर चालक घलेमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न महालक्ष्मी–५ का सन्तोष कार्की र महालक्ष्मी–६ का विवे...




























