गोमा ढुंगाना/संगालोखबर

धनकुटा । आरडीटी रिपोर्ट पोजिटिभ आएका धनकुटाका एक कर्मचारीको पीसीआर बिधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पाईएको छ । आरडीटी पोजिटिभ देखिएका एकसहित २२ जनाको स्वाब संकलन गरी धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

Advertisement

केही दिनअघि जिल्लाको छथर जोरपाटी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा गाउँपालिका कार्यालयमा कार्यरत एक कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो । त्यस्तै गाउँपालिकाकै थप दुई जनाको रिपोर्ट शंकास्पद देखिएको थियो ।

त्यसपश्चात कोरोना संक्रमण भए/नभएको यकिन गर्न छथर जोरपाटीका ६ जना र धनकुटाका १६ जनाको स्वाब संकलन गरी धरान पठाईएको थियो । धरानमा पीसीआर बिधिबाट परीक्षण गर्दा बिहिबार बिहान २२ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए ।

धनकुटाका थप १८३ जनाको पीसीआर परीक्षण भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement