गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाका थप १८३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण नभएको पाईएको हो ।

Advertisement

संक्रमितको क्लोज कन्ट्राक्ट लिष्टमा भएका र फन्टलाईनमा काम गर्नेहरुको गत मंगलबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको थियो । शुक्रबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन पोखरेलले संगालोखबरलाई जानकारी दिए ।

धनकुटामा हालसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उनीहरुको उपचार भईरहेको छ ।

कोरोना संक्रमितको नजिक पुगेका ३८३ मा भेटिएन संक्रमण

शुक्रबारसम्म धनकुटाका ४ सय ४९ जनाको पीसीआर र ४ सय ६५ जनाको आरडीटी परीक्षण गरिएको छ । धनकुटाका पाँच जनाको पीसीआर परीक्षण गर्दा जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी महिलामा जेठ ४ गते पहिलो पटक संक्रमण भेटिएको थियो । उनको नजिक पुगेका ८३ जनाको जेठ ६ गते र ७ गते गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएर जिल्लामा संक्रमितको संख्या ७ पुगेको हो ।

संक्रमितको नजिक पुगेकाहरुको हालसम्म पाँच चरणमा स्वाब संकलन गरिएको छ । जेठ ८ गते ८४ जना, १० गते १७ जना, १२ गते २२ जना र १३ गते १८३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । यता, बिहिबार स्वाब संकलन गरेर पठाईएका ४७ जनाको पीसीआर रिपोर्ट आउँन वाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी संजु कार्कीले जानकारी दिईन् ।

पहिलो पटक संक्रमण पुष्टि भएपश्चात ३८९ जनाको पीसीआर परीक्षण भईसकेको छ । जसमध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो भने बाँकी ३८३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सात जना संक्रमितहरुको क्लोज कन्ट्राक्टमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उनीहरुका आफन्त, बिरामी, बिरामीका आफन्तसहित फन्टलाईनमा रहेर काम गर्ने एम्बुलेन्स चालकदेखि पत्रकारसम्मको पनि पीसीआर परीक्षण भईसकेको छ । तर, थप संक्रमित फेला परेका छैनन् ।

धनकुटामा हालसम्म भेटिएका ७ जना संक्रमित लकडाउनको अवधिमा जिल्ला बाहिर नगएको पाईएकाले जिल्ला भित्रै रहेका कोही संक्रमितबाट उनीहरुमा संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ । धनकुटामा पहिलो पटक कहाँबाट कोरोना भित्रियो भन्ने अझै यकिन हुन सकेको छैन । जिल्लामा अन्य संक्रमित हुनसक्ने आशंकामा पीसीआर परीक्षणको क्रमलाई जारी राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement