- गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

सुन्दरहरैंचा–१० त्रिवेणी टोलकी ४० बर्षीया न्यौपाने राहत वितरणका लागि जाने क्रममा बैशाख २७ गते दुर्घटनामा परेकी थिईन् । न्यौपाने सवार को.३१ प.३११७ नम्बरको स्कुटरलाई बिराटचौकमा प्रदेश नं.१–०२–००२ ह.८५२३ नम्बरको सिटी सफारीले ठक्कर दिदा उनी गंभीर घाईते भएकी थिईन् । नोबेल अस्पतालमा उपचारका क्रममा २३ दिनपछि उनको मृत्यु भएको हो ।

दुर्घटना पश्चात सिटी सफारी र चालक बिराटचौकका ३२ बर्षीय खगेन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जमानीमा छोडेको थियो । तर, घाईते न्यौपानेको मृत्यु भएपछि पुनः चालक पौडेललाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!