
विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका कार्यसमितिको नयाँ नेतृत्व चयनका मतदान भइरहेको छ । सभापतिसहित सर्वसम्मत हुन नसकेका पदको लागि विराटनगरस्थित काँग्रेसको मोरङ जिल्ला पार्टी कार्यालयमा निर्वाचन भइरहेको हो ।
काँग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की र केशव गिरी चुनावी मैदानमा छन् । यस्तै महिला उपसभापति पदका लागि श्रुति शर्मा र कृष्णाकुमारी साहबीच प्रतिस्पर्धा भइरहेको छ ।

महानगर समितिको उपसभापतिमा शुभाशिष कोइराला र सचिवमा विरेन्द्रप्रसाद यादव यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै दिवस गिरीले उम्मेदवारी फिर्ता लिएपछि सह-सचिवमा टिकाराम सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
नगरबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने सदस्यहरूका लागि पनि निर्वाचन भइरहेको छ । मतदान अधिकृत अधिवक्ता विकास थापाका अनुसार दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

संगालोखबर 



















