संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको मुलघाट स्थित विश्रान्ति वृद्धाश्रमका जेष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ धनकुटा, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पतालले शिविर सञ्चालन गरी वृद्धवद्धाहरुको आँखा जाँच गरेको हो ।

Advertisement

शिविरमा वृद्धाश्रमका ४६ जना वृद्धवृद्धाको आँखा जाँच गरिएको नेत्रज्योति संघका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए । आँखा शिविरमा ६५ देखि ९९ बर्षसम्मका वृद्धवृद्धाले सेवा लिएका छन् । वृद्धवृद्धाको आँखा जाँच गरेर निशुल्क औषधि वितरण गरिएको छ ।

आँखा कमजोर भएका वृद्धवृद्धालाई चस्मा पनि निःशुल्क प्रदान गरिने नेत्रज्योति संघका सचिव देवबहादुर खड्काले बताए । विश्रान्तिमा ६५ देखि १ सय ६ वर्षसम्मका वृद्धवृद्धा बस्दै आएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!