गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा मंगलबार साँझ आएको हावाहुरीले दर्जनौं स्थानमा क्षति पुर्याएको छ । हावाहुरीका कारण जिल्लाभर बिद्युत लाईनका ७० भन्दा बढी पोल ढलेका छन् ।

Advertisement

ठाउँ–ठाउँमा बिद्युतका पोल ढल्नुका साथै तार चुडिदा जिल्लाभरको बिद्युत अवरुद्ध भएको बिद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले जानकारी दिए । ‘साँझसम्म ७० भन्दा बढी पोल ढलेको जानकारी आएको छ । हावाहुरीले अझै कति क्षति पुर्यायो यकिन भएको छैन ।’ संगालोखबरसँग उनले भने–‘हामीले लाईन मर्मतका लागि १०/१२ जना कर्मचारी खटाएका छौ । जिल्लाभरको पुरै लाईन मर्मत गरेर सबैतिरको बिद्युत सूचारु गर्न एक हप्तासम्म लाग्न सक्छ ।’

धनकुटा सदरमुकामसहित उत्तरपानी, सुकेपोखरी, कुवापानी लगायत दर्जनौं स्थानमा बिद्युत लाईनका पोलहरु ढलेका छन् । बिद्युत प्राधिकरणका अनुसार धनकुटामा ११ हजार भोल्ड प्रवाह हुँने लाईनका करिव २० वटा र अन्य सहायक लाईनका ५० भन्दा बढी पोल ढलेको जानकारी आएको छ । दर्जनौं ठाउँमा पोल ढलेको छ भने कतिपय स्थानमा रुख ढलेर किच्दा तार चुडिएका छन् ।

हावाहुरीले बिद्युत लाईनमा ठूलो क्षति पुर्याएकाले मर्मत पछि केहि स्थानहरुमा चाडै बिद्युत सूचारु हुँन सक्ने भएपनि जिल्लाभरको पुरै बिद्युत सूचारु हुँन समय लाग्ने बिद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख सापकोटाले बताए । उनले भने–‘३३ केभी लाईन कहाँ बिग्रियो थाहा छैन । ३३ केभी लाईन मर्मत सकिएपछि जिल्लाका अन्य क्षेत्रमा पनि मर्मत पछि क्रमस बिद्युत सूचारु गर्दै लाने तयारी गरेका छौ ।’

दुहवीबाट आउँने ३३ हजार भोल्डको लाईन पनि अवरुद्ध रहेकाले धनकुटासहित छिमेकी जिल्ला भोजपुर, तेह्रथुम र संखुवासभामा पनि बिद्युत अवरुद्ध भएको छ । बर्षासँगै आएको हावाहुरीले घरहरुमा पनि क्षति पुर्याएको छ । हावाहुरीका कारण भएको क्षतिको विवरण यकिन हुँन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement