मोरङ । मोरङको सुनवर्सीमा आज दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बर्षासँगै परेको चट्याङले लाग्दा सुनवर्सी–६ तालगाछीकी ३० बर्षीया निरुतुकुमारी दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो करिव १२ बजे बारीबाट मकै लिएर घर आउदै गर्दा चट्याङ लागेर उनी गंभीर घाईते भएकी थिईन् । घाईते दासलाई उपचारका लागि लैजादै गर्दा दिउँसो साढे १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।