संगालोखबर संवाददाता

मोरङ । मोरङको सुन्दरहरैंचा र केराबारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराती करिव १० बजे केरावारी गाउँपालिका–९ स्थित भित्री सडक खण्डमा को.३८ प.१०७१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक स्थानीय ३० बर्षीय बिकास गुरुङको मृत्यु भएको हो ।

Advertisement

बाटोमा ढलेको रुखको हागोमा ठोक्किएर मोटरसाईकल दुर्घटना हुँदा गुरुङ गंभीर घाईते भएका थिए । उपचारका लागि बिराटनगर स्थित बिराट नर्सिङ होम पुर्याईएका उनको उपचारका क्रममा राती करिव ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी सुन्दरहरैंचा नगरपालिका–९ झरना पुलमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो साँझ ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.३ प.९७६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा–११ का ३१ बर्षीय गोबिन्द बजगाईको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएर उपचारका लागि धरान स्थित पीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएका उनको उपचारका क्रममा राती करिव ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement