- संगालोखबर सम्बाददाता

बिराटनगर । नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ मोरङको नेतृत्व परिवर्तन भएको छ । लकडाउनका कारण अनलाईनमार्फत बसेको चार्टर्ड एकाउन्टेण्टहरुको बैठकले अस्वानी बन्सालको संयोजकत्वमा ८ सदस्यीय जिल्ला कार्य समिति निर्माण गरेको हो ।

Advertisement

समितिको महासचिवमा मनोज अधिकारी र कोषाध्यक्षमा तीर्थ यादव चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा अमिर न्यौपाने, सन्जय बन्साल, अनिल प्रसाई, रुपा अग्रवाल र किन्जल पोखरेल सर्वसम्मत चयन भएका छन् । समितिको बैठकले सुशिल अग्रवाल, पवन राठी, पियुस लुनिया र सुरज तिम्सिनालाई सल्लाहकारमा चयन गरेको छ ।

राजधानी बाहिर चार्टर्ड अकाउन्टेन्ट संघका चार वटा समिति बिस्तार भईसकेका छन् । प्रदेश नं.१ मा लेखा व्यावसाय तथा सेवा क्षेत्रमा करिव ६० जना चार्टर्ड एकाउन्टेण्ट कार्यरत रहेको नव गठित समितिका सदस्य अमिर न्यौपानेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!