धरान । धरानमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । १४ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३८ बर्षीय बाबुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनले गत शुक्रबार बिहान ७ बजे आफ्नै छोरीलाई बलात्कार गरेको आरोप छ । घटनाको जानकारी पाएपछि बाबुलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अघि बढाईएको धरानका प्रहरी निरीक्षक हेमराज ओलीले संगालोखबरलाई बताए । उनीबिरुद्ध प्रहरीले सुनसरी जिल्ला अदालतमा हाडनाता तथा जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ ।
परिवार भित्रकै घटना भएकाले बालिकाको पहिचान गोप्य राख्नका लागि प्रहरीले बलात्कार आरोपी बाबुको पहिचान पनि खुलाएको छैन ।