गोमा ढुंगाना/संगालोखबर

ईलाम । ईलाममा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । ढुंगा लिन जाँदै गरेको मे.१ त.४१०३ नम्बरको ट्याक्टर दिउँसो करिव २ बजे ईलाम साखेजुङ स्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ट्याक्टर चालक ईलाम नगरपालिका–१ साकेजुङका ३२ बर्षीय योगेश मगरको मृत्यु भएको हो । ट्याक्टर पल्टिँदा चालक मगर गम्भिर घाईते भएका थिए । उपचारका लागि लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरमा सवार निमा शेर्पा र आकास राई घाईते भएका छन् । उनिहरुको जिल्ला अस्पताल ईलाममा उपचार भईरहेको छ । ट्याक्टर सडकबाट करिव ३० फिट तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement