संगालोखबर संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिराटनगरबाट सानिमा हाइड्रो पावरको सामाग्री लिएर ताप्लेजुङतर्फ जाँदै गरेको ना.६ ख.८२६२ नम्बरको ट्रक फुङलिङ–९ कटहरेमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ट्रक चालक बाह्रदशी गाउँपालिका–६ का २९ बर्षीय ज्ञान बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ करिव ५ बजे अनियन्त्रित भई ट्रक पल्टिँदा चालक तामाङ घाईते भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याईएका घाईते तामाङको उपचारकै क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लजुङले जनाएको छ । ब्रेक फेल भएर ट्रक दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement