संगालोखबर


धनकुटा । धनकुटामा अलकत्रा तताउने क्रममा गाडीमा आगलागी भएको छ । चौबिसे गाउँपालिका-६ धाराचोकस्थित रवि-राँके-भेडेटार सडक खण्डमा आज बिहान १०ः४० बजे गाडीमा आगो लागेको हो ।

एपको इन्फ्राटेक प्रालि निर्माण कम्पनीको यूपी ४२ बीटी  ६९२५ नम्बरको गाडीमा अलकत्रा तताउने क्रममा अचानक आगलागी भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले आगो पूर्णरूपमा नियन्त्रणमा लिएको छ । आगलागीका कारण उक्त गाडी पूर्णरूपमा क्षति भएको छ भने मानवीय क्षति नभएको डीएसपी भण्डारीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!