संखुवासभा । संखुवासभामा ट्याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–५ की २१ बर्षीया पेम्बा ल्मु शर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।
बिहान साढे ७ बजे डाँगीगाँउबाट चैनपुरतर्फ आउँदै गरेको को.२ त.५३०८ नम्बरको ट्याक्टरबाट लडेर शेर्पा घाईते भएकी थिईन । घाईते शेर्पालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।