गोमा ढुंगाना/संगालोखबर


सुनसरी । सुनसरीको बारहक्षेत्र–३ बाङ्गेका कमल राईको हत्या भएको छ । स्थानीय ईक्राही जमुनाकित्ता स्थित प्लटिङ गरिएको जग्गामा हत्या गरेर फालिएको अवस्थामा ३७ बर्षीय राईको शव फेला परेको प्रहरीले जनाएको छ ।

राईको शरिर तथा टाँउकोमा चोट छ । मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान थालेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकाल्दै हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । राईको हत्यामा संलग्न भएको अरोपमा बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र १९ बर्षीय प्रदीप राजधामीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Advertisement

पक्राउ परेका दुबै जनाले पूर्व रिसिबीका कारण योजनावद्ध रुपमा कमललाई प्लटिङ जग्गामा लगेर हत्या गरेको प्रहरीको भनाई छ । उनीहरुले लाठ्ठीले टाँउको तथा शरिरका संवेदनशिल अंगमा आक्रमण गर्दा राईको मृत्यु भएको पाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement