रबिन कटेल/संगालोखबर

सुनसरी । ईटहरीका रादन राईको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका–५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप–महानगरपालिका–२० का १९ बर्षीय अभिषेक के.सी.(गिरी) र २३ बर्षीय अभिषेक पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार गत आईतबार राती करिव ९ बजे ईटहरी उप–महानगरपालिका–२० का २८ बर्षीय राईमाथि युवाहरुको समुहले आक्रमण गरेको थियो । छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रज्वल राईसँग विवाद भएर घर फर्कने क्रममा बाटोमा ढुकेर बसेका युवाहरुले रादनलाई बाँसको लाठीले कुटपिट गर्नुका साथै कोखा तथा छातीमा छुरा प्रहार गर्दा उनी गंभीर घाईते भएका थिए ।

गंभीर अवस्थामा भेटिएका राईलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएको भएपनि उपचारका क्रममा आईतबार राती करिव ११ बजे उनको मृत्यु भएको थियो । रादनलाई आक्रमण गरी फरार भएकाहरुको खोजी गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले सोमबारसाँझ उनीहरुलाई पक्राउ गरेको हो ।

ईटहरी उप–महानगरपालिका–११ बाट तीनै जनालाई नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement