धनकुटाका कोरोना संक्रमितको सम्पर्कमा पुगेका ८४ जनाको रिपोर्ट नेगेटिभ

धनकुटाका कोरोना संक्रमितको सम्पर्कमा पुगेका ८४ जनाको रिपोर्ट नेगेटिभ

धनकुटा । धनकुटामा भेटिएका कोरोना संक्रमितहरुको सम्पर्कमा पुगेका ८४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बिराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । यसअघि धनकुटाका सात जनामा कोरोना संक्रमण पुष्टि भएका कारण उनीहरुको सम्पर्कमा पुगेका बिरामी, बिरामीका कुरुवा, सुरक्षाकर्मी तथा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा क...
धनकुटाका एम्बुलेन्स चालकको प्रश्न: रेनकोट जस्तो पीपीई लगाएर कत्तिन्जेल सेवा दिनु ?

धनकुटाका एम्बुलेन्स चालकको प्रश्न: रेनकोट जस्तो पीपीई लगाएर कत्तिन्जेल सेवा दिनु ?

धनकुटा । धनकुटाका एम्बुलेन्स चालकहरुले स्वास्थ्य सुरक्षा सामाग्री नभएका कारण सेवा प्रवाहमा समस्या भएको गुनासो गरेका छन् । स्तरीय पीपीई लगायत स्वास्थ्य सुरक्षा सामाग्री नहुँदा जोखिम मोलेर बिरामीलाई अस्पताल पुर्याउँनु परेको उनीहरुको गुनासो छ । स्तरीय पीपीईको व्यवस्था गर्न र कोरोना परीक्षण गर्ने वातावरण मिलाउँन उनीहरुले माग गरेका छन् । स्तरीय पीपीई लगायत स्वास्थ्य सामाग्री नहुँदा आफु पनि असुरक्षित...
बिर्तामोडमा ब्राउनसुगरसहित २ जना पक्राउ

बिर्तामोडमा ब्राउनसुगरसहित २ जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–५ बाट आज दिउँसो लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । दिउँसो १ बजे बिर्तामोड नगरपालिका–४ का २८ बर्षीय पवन चौधरी र २८ बर्षीय महेश गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ५ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिका–७ कबिलासामा आज दिउँसो मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घुस्कीबाट देवानगञ्जतर्फ जाँदै गरेको को.२ प.८८४६ नम्बरको मोटरसाईकल दिउँसो साँढे २ बजे अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक देवानगञ्ज गाउँपालिका–२ का २५ बर्षीय सजिम अंसारी घाईते भएका थिए । उपचारका लागि बिराटनगर स्थित गोल्डेन अस्पताल पुर्याईएका अन्सारीको उपचारका क्रममा...
खोलामा हामफालेर बेपत्ता भएका युवक मृत फेला

खोलामा हामफालेर बेपत्ता भएका युवक मृत फेला

ताप्लेजुङ । ताप्लेजुङको मेवाखोलामा हामफालेर बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । मिक्वाखोला गाउँपालिका–४ का २१ बर्षीय केशव खवास मृत फेला परेका हुन् । गत मंगलबार मेवाखोलामा हामफालेर उनी बेपत्ता भएका थिए । बेपत्ता खवासको खोजी गर्ने क्रममा शुक्रवार बेलुका ७ बजे घटनास्थल भन्दा करिव दुई सय मिटर तल मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सत्तेरझोडास्थित कच्ची सडकमा उत्तरबाट दक्षिणतर्फ ईट्टा बोकेर जाँदै गरेको को.१ त.९६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रवार दिउँसो साँढे २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक दुहवी नगरपालिका–११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । दुर्घ...
गरिबलाई निःशुल्क घर बनाईदिदै बेलबारी नगरपालिका, एक सय घर निर्माण गरिने

गरिबलाई निःशुल्क घर बनाईदिदै बेलबारी नगरपालिका, एक सय घर निर्माण गरिने

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले गरिब तथा असहायलाई निःशुल्क घर निर्माण गर्ने अभियान चलाएको छ । गरिब तथा असहायलाई आश्रयको व्यवस्था मिलाउँन नगरपालिकाले घर निर्माण अभियान चलाएको हो । बडा नं.११ मा ४० घर निर्माण गरिरहेको नगरपालिकाले अब वडा नं.३ मा पनि घर निर्माण थाल्ने भएको छ । वडा नम्बर ३ मा ४० वटा घर निर्माणका लागि शुक्रबार नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले घरहरुको शिलान्यास गरेका छन् । सो...
प्रदेश १ मा पीसीआर परीक्षण बढाइदै, ४० हजारको परीक्षण गरिने

प्रदेश १ मा पीसीआर परीक्षण बढाइदै, ४० हजारको परीक्षण गरिने

विराटनगर । प्रदेश नं.१ मा पीसीआर परीक्षण बढाइने भएको छ । ४० हजार भन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्ने तयारी भएको हो । शुक्रबार बसेको बिपद व्यवस्थापन समिति प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजनासमेत स्वीकृत गरेको छ । प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी...
खोटाङमा महिला मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ

खोटाङमा महिला मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ

खोटाङ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव आज बिहान घाँटीको दायाँ भागमा सामान्य चोट लागेको अवस्थामा फेला पारिएको हो । महिलाको हत्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल...
धनकुटा बजारक्षेत्रको सिल खोलियो, जिल्ला अस्पतालमा यथावत

धनकुटा बजारक्षेत्रको सिल खोलियो, जिल्ला अस्पतालमा यथावत

धनकुटा । धनकुटा बजार क्षेत्रमा गरिएको सिल खुल्ला गर्ने निर्णय भएको छ । शुक्रबार बसेको संकट व्यवस्थापन समितिको बैठकले बजार क्षेत्रमा सिल खुल्ला गर्ने निर्णय गरेको हो । यता, जिल्ला अस्पतालमा भने सिल यथावत राखिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले संगालोखबरलाई जानकारी दिए । उनले भने–‘सिल गरिएको क्षेत्रमा ९८ प्रतिशत औषधि पसल परेपछि औषधि किन्न नपाएको गुनासो आयो । प्रदेशका स्वास्थ्य ब...
श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाइते, श्रीमती पक्राउ

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाइते, श्रीमती पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाईते भएका छन् । श्रीमतीले टाउकोमा कुखुरीले हान्दा सोताङका ४५ बर्षीय प्रताप सिंह राई घाईते भएका हुन् । ४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमान प्रताबलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहिबार दिउँसो साढे ३ बजे घरमा बसिरहेका बेला मादक पदार्थ सेवन गरेर आएकी परीमायाले प्रतापमाथि खुकुरी प्रहार गरेकी हुन्...
बिराटनगरमा छोराहरुद्वारा बाबुको हत्या गरी घरभित्रै शव गाडेको खुलासा

बिराटनगरमा छोराहरुद्वारा बाबुको हत्या गरी घरभित्रै शव गाडेको खुलासा

बिराटनगर । बिराटनगरमा आफ्नै छोराहरुले बाबुको हत्या गरी घरभित्रै शव गाडेको खुलासा भएको छ । बिराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ बर्षीय सत्यराम भनिने सिताराम चौहानलाई आफ्नै दुई जना छोराहरुले मिलेर हत्या गरी घरभित्रै शव गाडेको खुलासा भएको हो । शंकास्पद घटनाको जानकारी पाएपछि बुधबार साँझ चौहानको घरमा पुगेको प्रहरीले घरभित्रै शव गाडेको अवस्था फेला पारी शव उत्खनन् गरेर निकालेको थियो । त्यसपछि प्रहरील...
नदीले बगाउँदा भोजपुरका श्रेष्ठको मृत्यु

नदीले बगाउँदा भोजपुरका श्रेष्ठको मृत्यु

भोजपुर । दुधकोशी नदीले बगाउँदा भोजपुरमा एक जनाको मृत्यु भएको छ । नदीले बगाउँदा भोजपुरको आमचोक गाउँपालिका–९ माझखानीका २१ बर्षीय अशोक श्रेष्ठको मृत्यु भएको हो । बुधवार बिहान ११ बजे दुधकोशी नदीमा पौडी खेल्न गएका श्रेष्ठ नदीमा बेपत्ता भएका थिए । साँझ साँढे ५ बजे गोजेपाथर बगरमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको स्थानीयबासीले जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी ...
झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि

झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि

झापा । बिहिबार बिहान झापाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिका–३, ६ र ८ मा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार झापाका ५ सहित धनकुटा र धरानका एक/एक जनामा संक्रमण पुष्टि...
धनकुटामा ५ सय जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न भीटीएम ल्याइदै

धनकुटामा ५ सय जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न भीटीएम ल्याइदै

धनकुटा । धनकुटामा थप ५ सय जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गर्नका लागि भीटीएम आउँने भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र राईको पहलमा स्वास्थ्य मन्त्रालय मार्फत भीटीएम आउँन लागेको हो । पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलनका लागि प्रयोग हुँने भीटीएमसहितका स्वास्थ्य सामाग्री बुधबार दिउँसो नै काठमाडौंबाट धनकुटा पठाइएको सांसद राजेन्द्र राईले बताए । ‘धनकुटामा कोरोन...
धनकुटाका ७ औं कोरोना संक्रमित प्रहरी जवान

धनकुटाका ७ औं कोरोना संक्रमित प्रहरी जवान

धनकुटा । धनकुटामा बुधबार भेटिएका ७ औं कोरोना संक्रमित प्रहरी जवान भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३४ बर्षीय प्रहरी जवान पुरुषमा संक्रमण पुष्टि भएको हो । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बुधबार गरिएको परीक्षणका क्रममा उनमा संक्रमण भेटिएको हो । योसँगै धनकुटामा दुई जना प्रहरीमा कोरोना संक्रमण पत्ता लागेको छ । मंगलबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका पाँच...
बिराटनगरमा घरभित्र गाडेको अवस्थामा शव फेला

बिराटनगरमा घरभित्र गाडेको अवस्थामा शव फेला

बिराटनगर । बिराटनगरमा घर भित्र गाडेको अवस्थामा आज साँझ शव फेला परेको छ । बिराटनगरको झटियाईमा घर भित्र गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थल पुगेर शव उत्खनन् गर्दै गरेकाले थप विवरण आउँन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी मानबहादुर राईले संगालोखबरलाई जानकारी दिए । ‘अन्यत्र रहेका परिवारका सदस्यले खबर गरेपछि प्रहरी पुग्दा गा...
धनकुटा, धरान र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा, धरान र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर । बुधबार साँझ धनकुटा, धरान र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाका १ जना, धरानका १ जना र झापाका ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले जनाएको छ । योसँगै प्रदेश नं.१ मा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ । २६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रदेश १ का १४ जिल्ला मध्ये ७ जिल्लामा संक्रमित फेला परिसकेका छन...
घुस बुझाउने डिभिजन प्रमुख अख्तियारको फन्दामा

घुस बुझाउने डिभिजन प्रमुख अख्तियारको फन्दामा

विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले पक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए । झाले खाममा राखेर पौडेलको कार्यक...
धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ पुग्यो

धनकुटा । बुधबार धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप एक पुरुषमा संक्रमण भेटिएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धनकुटाका १६ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण भेटिएको हो । यसअघि मंगलबार ६७ जनाको परीक्षण गर्दा तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्त...
धनकुटा अस्पताल सिल भएपछि आँखा अस्पताललाई तोकियो प्राथमिक उपचार केन्द्र

धनकुटा अस्पताल सिल भएपछि आँखा अस्पताललाई तोकियो प्राथमिक उपचार केन्द्र

धनकुटा । धनकुटा जिल्ला अस्पताल सिल गरिएपछि धनकुटा–६ स्थित सल्लेरीमा रहेको आँखा अस्पताललाई प्राथमिक उपचार केन्द्र तोकेर बिरामीको उपचार गरिने भएको छ । आज दिउँसो बसेको संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालको बिकल्पमा अस्थायी रुपमा आँखा अस्पतालबाट प्राथमिक उपचार सेवा प्रदान गर्ने निर्णय गरेको हो । धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया महिला स्वास्थ्यकर्मीमा आईतबार कोरोना संक्रमण भेटिएपछि सोमब...
ट्रकबाट लडेर एक जनाको मृत्यु

ट्रकबाट लडेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा ट्रकबाट लडेर एक जनाको मृत्यु भएको छ । हरिनगरा गाउँपालिका–२ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको हो । मंगलवार दिउँसो करिव १ बजे हरिनगराको घुस्कि बजारमा को.१ ख.७९०० नम्बरको ट्रकबाट खाद्य तथा चामल झार्ने क्रममा उनी ट्रकबाट लडेका थिए । लडेर घाईते भएका गुप्तालाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...
धनकुटामा थपिएका पाँच कोरोना संक्रमित आईसोलेशनमा, बुधबार बिराटनगर लगिने

धनकुटामा थपिएका पाँच कोरोना संक्रमित आईसोलेशनमा, बुधबार बिराटनगर लगिने

धनकुटा । मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएका धनकुटाका पाँच जना संक्रमितलाई आईसोलेशनमा राखिएको छ । संक्रमण पुष्टि भएका चार पुरुष र एक महिलालाई राती नै जिल्ला अस्पतालको आईसोलेशनमा राखिएको हो । संक्रमितहरुलाई बुधबार बिराटनगर स्थित कोरोना बिशेष अस्पताल लगिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । उनले भने–‘संक्रमित सबै जनालाई अहिले जिल्ला अस्पतालको आईसोलेशनमा रा...
धनकुटामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि भेटियो कोरोना संक्रमण

धनकुटामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र परिवारका सदस्यमा पनि भेटियो कोरोना संक्रमण

धनकुटा । मंगलबार साँझ धनकुटाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्तमा कोरोना संक्रमण पुष्टि भएको हो । २८ र २९ बर्षीय स्वास्थ्यकर्मी पुरुष, २४ बर्षीया स्वास्थकर्मी महिला, ३५ बर्षीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका ३७ बर्षीय पुरुष आफन्तमा संक्रमण पुष्टि भएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धरान स्थित वीपी कोईराला स्...
धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलबार साँझ गरिएको परीक्षणका क्रममा ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोनाको संक्रमण भेटिएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको सोमबार स्वाब संकलन गरी धरान पठाईएको थियो । संक्रमित स्वास्थ्यकर्मीबाट अरुमा पनि...
सुनसरीबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

सुनसरीबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट ठुलो परिमाणमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । आज बिहान साँढे ४ बजे ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका–१ लब्टोलियाबाट हरिनगरा–७ का २१ बर्षीय भोला भनिने नरेश कुमार यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट प्रहरीले अवैध लागुऔषध नुफिन–५८० एम्पुल, डाईजेल्याब–५६० एम्पुल र फेनारगन–५६० एम्पु...
बन्चरोले हानेर बाबुको हत्या गरी फरार भएकी छोरी पक्राउ

बन्चरोले हानेर बाबुको हत्या गरी फरार भएकी छोरी पक्राउ

इलाम । बाबुको हत्या गरेर फरार भएकी ईलामको देउमाइ–६ शान्तीडाँडाकी २५ बर्षीया शुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । बादबिबादका क्रममा शुष्माले गएराती करिव ११ बजे आफ्नै बाबु ५१ बर्षीय फुलबहादुर राईलाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेकी थिईन् । बाबुको हत्या गरेर जंगलमा गई लुकिरहेको अवस्थामा आज प्रहरीले उनलाई पक्राउ गरेको हो । आफन्तले घटनाको जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । हत...
सुनसरीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, सशस्त्र प्रहरीमा पनि भेटियो संक्रमण

सुनसरीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, सशस्त्र प्रहरीमा पनि भेटियो संक्रमण

सुनसरी । मंगलबार बिहान सुनसरी जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दुई पुरुषमा संक्रमण भेटिएको हो । परीक्षणका क्रममा सुनसरीको ईटहरी उपमहानगरपालिका–२ का १८ बर्षीय पुरुष र सनसरीको भारतीय सिमावर्ती क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा संक्रमण फेला परेको स्रोतले जनाएको छ । यसअघि सोमबार पनि सुनसरीका ...
इलाममा छोरीद्वारा बाबुको हत्या

इलाममा छोरीद्वारा बाबुको हत्या

इलाम । ईलाममा छोरीले आफ्नै बाबुको हत्या गरेकी छन् । इलामको देउमाइ नगरपालिका–६ शान्तिडाँडाकी सुस्मा राइले ५२ बर्षीय बुवा फुलबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । गएराती घटना भएको हो । हत्याको कारण खुल्न वाँकी छ । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको मंगलबारे प्रहरीले जनाएको छ ।
धनकुटामा स्वाब लिन ल्याबको टोलीसहित आए मन्त्री घिमिरे, ८३ जनाको स्वाब संकलन (भिडियोसहित)

धनकुटामा स्वाब लिन ल्याबको टोलीसहित आए मन्त्री घिमिरे, ८३ जनाको स्वाब संकलन (भिडियोसहित)

धनकुटा । कोरोना परीक्षणका लागि सोमबार धनकुटाका ८३ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोना संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरिएको हो । स्वाब संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकसहितको टोली लिएर प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धनकुटा आएका छन् । स्वास्थ्यकर्मीमा संक्रमण देखि...
धनकुटाकी कोरोना संक्रमितसँगै भएका छोराको रिपोर्ट नेगेटिभ

धनकुटाकी कोरोना संक्रमितसँगै भएका छोराको रिपोर्ट नेगेटिभ

धनकुटा । धनकुटाकी कोरोना संक्रमित स्वास्थ्यकर्मी महिलासँगै भएका उनका छोरामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा सोमबार दिउँसो पीसीआर परीक्षण गर्दा बच्चाको रिपोर्ट नेगेटिभ आएको हो । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईतबार गरिएको स्वाब परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि...
error: Content is protected !!