गोमा ढुंगाना/संगालोखबर

धनकुटा । गणतन्त्र दिवसको अवसरमा बिहिबार साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । उद्योग बाणिज्य संघको अगुवाईमा धनकुटा बजारको हुलाकटोल स्थित ग्रिनपार्क र हिले स्थित बुद्धचौकमा दीप प्रज्वलन गरिएको हो ।

Advertisement

लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्ध बनाउँन शुभकामना आदान–प्रदान गर्दै दीपावली गरिएको उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए । दीप प्रज्वलनका क्रममा उद्योग बाणिज्य संघका पदाधिकारी, जनप्रतिनिधि, बिभिन्न संघसस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायत सहभागि थिए ।

गणतन्त्र दिवसका अवसरमा हरेक बर्ष बिभिन्न कार्यक्रम हुने गरेको भएपनि यस बर्ष कोरोनाको महामारीका कारण अन्य कार्यक्रम प्रभावित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement