गोमा ढुंगाना/संगालोखबर

मोरङ । मोरङको बेलबारीमा आज एक युवाले आमाको हत्या गरी घाँटी रेटेर आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–४ बुधबारेका ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन् ।

Advertisement

जीवनले ईटा प्रहार गरी आमाको हत्या गरेको बेलबारी प्रहरीले जनाएको छ । छोराले हानेको ईटाले लागेर देवीकुमारीको घटनास्थलमै मृत्यु भएको हो । आमाको मृत्यु भएपछि उनले आफै घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

घटनास्थल पुगेका बेलबारीका प्रहरी नायव निरीक्षक रमेश प्रधानका अनुसार बिहान १० बजे घटना भएको हो । लागुऔषधको नसामा रहेका जीवन र आमावीच खाना खाने बेलामा भएको सामान्य विवादका क्रममा आवेगमा आएर उनले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायव निरीक्षक प्रधानले बताए ।

‘घटनामा ठूलो कारण देखिदैन । तातो खाना पस्किदिएको निहुँमा विवाद हुँदा नसामा रहेका जीवनले चुलोबाट ईटा निकालेर आमाको टाउकोमा प्रहार गरेको पाईएको छ ।’ संगालोखबरसँग प्रधानले भने ‘इटाले लागेर आमाको मृत्यु भएपछि जीवनले पश्चाताप मानी छिमेकीको घरमा गएर हसिया र चक्कुले आफ्नो घाँटी रेटेको पाईयो ।’

आफैले घाँटी रेट्दा आधा घाँटी छिनेर जीवन गंभीर घाईते भएका थिए । उनलाई बेलबारी स्थित नोबेल समुदायिक अस्पताल पुर्याईएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृतक दुबै जनाको शवलाई पोष्टमार्टमका लागि उर्लावारी स्थित मंगलबारे अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement