- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा–६ स्थित जनज्योति बचत तथा ऋण सहकारी सस्थाले जिल्लाका क्रियासिल पत्रकारहरुको कोरोना बीमा गरेको छ । पत्रकार महासंघसँगको समन्वयमा धनकुटाका क्रियासिल ३३ पत्रकारहरुको एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको हो ।

Advertisement

पत्रकारहरुको बीमा गरेर शनिवार सहकारीका अध्यक्ष बिकास घिमिरेले पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राईलाई बीमा अभिलेख हस्तान्तरण गरेका छन् । कोरोनाको महामारी फैलिरहेका बेला पत्रकारहरुले ज्यान जोखिममा राखेर समाचार संकलन गरी जनतालाई सूसुचित गराईराखेकाले उनीहरुको जोखिम बहन गर्दै प्रोत्साहन स्वरुप बीमा गरिएको सहकारीका अध्यक्ष घिमिरेले बताए ।

प्रति व्यक्ति ६ सयका दरले पर्ने बीमा शुल्क वापतको १९ हजार ८ सय रकम सहकारीले बीमा कम्पनीलाई भुक्तानी गरेको छ । बिमितलाई एक बर्षे बीमा अवधिमा कोरोना संक्रमण पुष्टि भएमा एक लाख रकम भुक्तानी गरिने बीमा कम्पनीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!