संगालोखबर सम्वाददाता

विराटनगर । चीनको स्वशासितक्षेत्र तिब्बत सरकारले प्रदेश १ सरकारलाई ७ करोड भन्दा बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

Advertisement

परिषद्का प्रदेश १ कोअर्डिनेटर मुकेश उपाध्यायले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सामाग्री हस्तान्तरण गरे । प्रदेश सरकारलाई करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए ।

पीसीआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान प्राप्त भएको हो । त्यस्तै आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीइ ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकलमाक्स २० हजार, सर्जिकलग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्रामपोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर प्रदान गरिएको छ ।

प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा यो सामाग्रीले धेरै राहत मिल्ने मुख्यमन्त्री राईले बताए । उनले भने–‘हामी प्रदेशका धेरै भन्दा धेरै नागरिकहरुको कोरोना परीक्षणमा छौं, प्राप्तभएका सामाग्रीहरुले थप सहयोग पुग्नेछ ।’

प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा तिब्र बनाएको छ । प्रदेश १ मा हालसम्म करिब ८ हजारको पीसीआर परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । जसमध्ये १ सय ६२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जना उपचार पश्चात निको भएर घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!