गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा मंगलबार छ पत्रकारसहित १८३ जनाको स्वाब संकलन गरिएको छ । पीसीआर बिधिबाट कोरोना परीक्षणका लागि उनीहरुको स्वाब लिइएको हो ।

Advertisement

धनकुटाका सात जनामा कोरोना संक्रमण पुष्टि भएकाले उनीहरुको सम्पर्कमा पुगेकाहरुको कन्ट्राक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्ने क्रम चलिरहेको छ । सोही क्रममा संक्रमितको सम्पर्कमा पुगेका र फन्टलाईनमा काम गर्नेहरुको स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुुलसी गुरागाईँले जानकारी दिए ।

लकडाउनको अवधिमा समाचार संकलनका लागि कार्यक्षेत्रमा खटिने पत्रकारको पनि स्वाब संकलन गरिएको हो । संकलित स्वाब पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने गुरागाईँले बताए । यसअघि २१९ जनाको पीसीआर परीक्षण गर्दा चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मीका आफन्तमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटामा हालसम्म पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका व्यक्तिको संख्या ४०२ पुगेको छ । अझै पीसीआर परीक्षणको क्रमलाई जारी राखिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । धनकुटामा को मार्फत कोरोना भित्रियो भन्ने अझै यकिन हुन सकेको छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement