- संगालोखबर सम्वाददाता

काठमाडौं । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले गाँजा खेतिलाई कानुनी मान्यता दिन माग गरेका छन् । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले कानुनी मान्यता दिएर गाँजा खेतिमा कृषकहरुलाई प्रोत्साहन गर्न माग गरेका हुन् ।

Advertisement

धनकुटाका जनतालाई सबैभन्दा सजिलो र राम्रो गाँजा खेति रहेको भन्दै उनले गाँजा खेतिलाई कानुनी मान्यता दिन सकेमा धनकुटाबासी धनी बन्ने जिकिर गरे । ‘अहिलेको कारोना महामारीमा पनि धनकुटाका जनताले दालभात खान पाएका छन् । कानुनी मान्यता दिएमा धनकुटाबासी थप धनी बन्न सक्छन् ।’ उनले भने–‘चाँडो भन्दा चाँडो कानुनी अड्चन हटाएर गाँजा खेति गर्ने वातावरण बनाउँन सकेमा महामारीका बेला पनि जनता धनी बन्छन् ।’ धनकुटामा गत बर्ष ३ अर्बको गाँजा रहेको खुलासा गर्दै उनले गृह मन्त्रालयको निर्देशन भनेर प्रहरीले दुई अर्बको गाँजा फाडेको बताए ।

फरक प्रसंगमा उनले धनकुटामा मात्र बसोबास गर्ने अल्पसंख्यक आठपहरिया जातिको संग्रहालय बनाउँन जरुरी रहेको भन्दै आठपहरियाको सस्कृति जोगाउँन बजेटमा संग्रहालयबनाउँने बिषय थप गर्न माग गरे । हालै सार्वजनिक बजेटमा आफ्नो समर्थन रहेको र बजेटले जनतालाई समृद्ध बनाउँन सक्ने तर्क गर्दै उनले धनकुटाबासीको अपेक्षा पनि संसदमा सुनाए । धनकुटेलीले जिल्लामा एयरपोर्ट र कृषि विश्वविद्यालय बनोस् भन्ने ईच्छा राखेको उनले बताए । ‘बिराटनगरमा भएको एयरपोर्टमा बर्खा हुस्सु र पानीले प्लेन चल्न सक्दैन ।’ उनले भने–‘ प्राविधिक हिसावले पनि धनकुटा उपयुक्त देखिएकाले बिराटनगरको एयरपोर्टको बिकल्पमा धनकुटा हुनसक्छ । धनकुटेलीको चाहना पनि जिल्लामा एयरपोर्ट बनोस् भन्ने छ ।’

प्रदेश १ मा कृषि विश्वविद्यालय नभएकाले पर्याप्त सम्भावना बोकेको धनकुटामा कृषि विश्वविद्यालय हुँदा धनकुटेलीको प्रगति हुँन सक्ने उनले तर्क गरे । अरुण र तमोरको पानीलाई कृषकको बारीमा पुर्याउँन सकेमा पनि कृषिबाट पर्याप्त बिकास हुन सक्ने सांसद राईले बताएका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!