गोमा ढुंगाना/संगालोखबर

भोजपुर । भोजपुरका पत्रकारको कोरोना बिमा गरिएको छ । कोरोना संक्रमण फैलिरहेका बेला जोखिम मोलेर काम गर्ने पत्रकारका लागि स्थानीय जनप्रतिनिधिले बिमा कम्पनीसँग सम्झौता गरेर क्रियाशिल ५२ जना पत्रकारको बिमा सम्झौता गरेका हुन् ।

Advertisement

भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङ र वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडसँग पत्रकारको बिमा सम्झौता गरेका हुन् । अग्रपङ्तीमा रहेर जोखिमपूर्ण तरिकाले समाचार संकलन गरिरहेका पत्रकारको व्यक्तिगत सुरक्षाका लागि बिमाको व्यवस्था गरिएको उपमेयर ममिता राईले बताइन् ।

बिमा कम्पनीसँगको सम्झौता अनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement