संगालोखबर संवाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ बाट आज बिहान लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । बिहान साँढे ५ बजे लागुऔषधसहित लौकहीका २२ बर्षीय सोशिल साह, ३० बर्षीय अमन कुमार साह र १९ बर्षीय गणेश कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट डाईलक्स डि.सी. १०० मिलिलिटरको ४७ बोतल, नाईट्रोसन ९० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, प्लास्टिकको खेलौना पेस्तोल १ थान, कौडा २१ थान र मोवायल २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

तीनै जनालाई पक्राउ गरी उनीहरुको कारोबारका बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement