
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवा खोलामा एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । संखुवासभाबाट बिराटनगर बिरामी पुर्याएर फर्कदै गरेको बा.१९ च.९६८६ नम्बरको एम्बुलेन्सका चालक योगेन्द्र घलेलाई स्थानीय युवाले कुटपिट गरेका हुन् ।
मादक पदार्थ सेवन गरेका युवाहरुले एम्बुलेन्स रोकेर चालक घलेमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न महालक्ष्मी–५ का सन्तोष कार्की र महालक्ष्मी–६ का विवेक ढकाललाई नियन्त्रणमा लिईएको लेगुवा प्रहरी चौकीका ईन्चार्ज तर्कबहादुर अधिकारीले संगालोखबरलाई जानकारी दिए ।
बिरामी पुर्याएर फर्कदै गर्दा एम्बुलेन्स रोकेर कागजपत्र माग्दै उनीहरुले बिनाकारण आफुमाथि कुटपिट गरेको एम्बुलेन्स चालक घलेले बताएका छन् ।















