गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । खाद्यान्न बोकेर धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको ना.६ ख.१८८६ नम्बरको ट्रक बिहान करिव ४ बजे धनकुटा नगरपालिका–१० पाल्लेखोला स्थित पेट्रोल पम्प नजिक दुर्घटना भएको हो ।

Advertisement

ट्रक सडकबाट पल्टिएर डिलमुनी खसेको छ । दुर्घटनामा मानबीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ध्रुबकुमार श्रेष्ठले जानकारी दिए । ट्रकमा रहेका चालक र सह–चालक सकुशल छन् । पल्टिएको ट्रकलाई क्रेन ल्याएर उठाउँने तयारी गरिएको छ ।

रोकिएका बेला ओट नाघेर ट्रक पछाडी गुड्किएर पल्टिएकाले मानबीय क्षति हुँन नपाएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्का बताउँछन् । उनी भन्छन–‘ह्वाभी ट्रक गुडिरहेका बेला पल्टिँएको भए मानवीय क्षति हुँने संभावना धेरै हुन्थ्यो । तर, रोकिएका बेला पल्टिएकाले चालक र सह–चालक दुबै सकुशल छन् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement