संगालोखबर सम्बाददाता

 

सांकेतिक तस्बीर

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ की दिलमाया तामाङ आज बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । बिहान ७ बजे ४३ बर्षीया तामाङ आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् ।

Advertisement

उनको शरीरमा धारिलो हतियार प्रहार भएको पाईएको प्रहरीले जनाएको छ । स्थानीयबाट घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थल गएको थियो । धारिलो हतियार प्रहार गरी हत्या भएको आशंकामा प्रहरीले उनका श्रीमान ५२ बर्षीय बिष्णु तामाङलाई पक्राउ गरेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ । श्रीमानलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!