एनएमबि लघुवित्तले पायो घरभाडा छुट
संखुवासभा । एनएमबि लघुवित्त वित्तीय संस्थाको संखुवासभा र भोजपुर शाखालाई घरधनीले भाडा मिनाहा गरेका छन् । संखुवासभाका दुई र भोजपुरका एक शाखालाई घरधनीले असार महिनाको घरभाडा छुट दिएका हुन् ।
संखुवासभाको धर्मदेवि नगरपालिका–४ माम्लिङमा रहेको शाखा कार्यालयलाई घरधनी टेककुमारी सुव्वा र खादबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको शाखाका घरधनी अखिल श्रेष्ठले घरभाडा छुट दिएका छन् । त्यस्तैगरी भोजपुर नगरपालिका व...































