
बिराटनगर । मोरङको बक्राहा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको हो ।
बिहिवार साँझ बक्राहा खोला नजिकै चौपाया चराईरहेकी उनी बाढी आएको खोलाले बगाउँदा बेपत्ता भएकी थिईन् ।
ईलाका प्रहरी कार्यालय सिजुवा र स्थानीयवासीले खोजतलास गर्ने क्रममा बगाएको स्थानभन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा आज बिहान उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।