
भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा आज दिउँसो आगलागी हुँदा जलेर एक बालिका घाईते भएकी छन् । अरुण गाउँपालिका–३ प्याउलीका कर्ण बहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी ३ वर्षीया नातिनी बिष्णुमाया घाईते भएकी हुन् ।
घाईते बालिकालाई उपचारका लागि बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ । दिउँसो साढे १ बजे विद्युत सर्ट भई आगलागी हुँदा कार्कीको टिनको छानो भएको कच्ची घरसहित घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिव १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।