
ताप्लेजुङ । ताप्लेजुङमा कुलोमा डुबेर बालकको मृत्यु भएको छ । श्रीजंघा–१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको हो ।
आइतबार बिहान ११ बजे घरबाट निस्किएका रबिन अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।