सुनसरी । सुनसरीको ईनरुवाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईनरुवा–३ महेन्द्र चोकबाट लागुऔषधसहित ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र २५ बर्षीय अक्तर आलम पक्राउ परेका हुन् ।
आज बिहान साढे ११ बजे को.१० प.१९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागुऔषध बरामद भएको हो । उनीहरुको साथबाट डाईलेक्स डिसी १० बोतल र स्पास्मो प्रोक्सिभन ११४ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सुराकीका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । दुबै जनालाई पक्राउ गरी उनीहरुको कारोबारका बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।