सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानहरुलाई कागती र सुन्तलाको विरुवा वितरण गरेको छ । फलफुल खेतीमा व्यवसायिक बनाउन ९३ जना किसानलाई ३ हजार विरुवा वितरण गरिएको पाख्रीवास नगरपालिका कृषि शाखा प्रमुख ईन्द्रमाया तामाङले बताईन् ।

Advertisement

सबै वडाको करिब २ सय रोपनी क्षेत्रफलमा पुग्ने गरी किसानलाई कागती र सुन्तलाको विरुवा वितरण गरिएको हो । किसानहरुलाई फलफुल खेतीमा व्यवसायिक बनाउने चालु आर्थिक बर्षको वर्षे कार्यक्रम अन्तरगत किसानलाई विरुवा वितरण गरिएको नगर प्रमुख बृर्ष बहादुर राईले जानकारी दिए ।

कृषि र पर्यटनको प्रशस्त संम्भावना रहेको पाख्रीवास नगरपालिकाका १० वटै वडामा फलफुल खेती गर्न सकिन्छ । सो नगरपालिकाले पछिल्लो समय कृषि र पर्यटनको प्रवद्र्धनलाई प्राथमिकता दिदैं आएको छ ।

कृषिबाट नगरवासीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षदेखि नै पाख्रीवास नगरपालिकामा व्यवसायिक कफी खेती पनि शुरु गरिएको छ । कृषिसँगै पर्यटनको पनि प्रशस्त संम्भावना बोकेको पाख्रीवास नगरपालिकाको समृद्धिको लागि भर्खरै सम्पन्न नगरसभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!