Avatar photoRabin Katel

धनकुटा । धनकुटासहित थप दश स्थानमा कोरोना परीक्षणका लागि पीसीआर परीक्षण प्रयोगशाला संचालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा बसेको आईसीएसको बैठकले दश वटा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो ।

Advertisement

धनकुटा अस्पताल, मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, बीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला संचालन गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै अब नेपालमा ३३ वटा पीसीआर ल्याब हुनेछन् । अहिले देशभर २३ वटा ल्याबबाट कोरोना परीक्षण भईरहेको आईसीएस कोआर्डिनेटर डा.गुणराज लोहनी जानकारी दिए ।

धनकुटामा ल्याब राख्दा पूर्वी पहाडी जिल्लालाई सहज

धनकुटा जिल्ला अस्पतालमा पीसीआर परीक्षण ल्याब संचालन हुँने भएपछि पूर्वी पहाडी जिल्लाबासीको पीसीआर परीक्षणमा सहजता मिल्ने भएको छ । हालसम्म पूर्वमा बिराटनगरस्थित कोशी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर र धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मात्र कोरोना परीक्षण हुँदै आएको छ ।

पूर्वका सबै जिल्लामा संकलन गरिएको स्वाबको चापका कारण तीन वटै ल्याबमा परीक्षणको नतिजा आउँन ढिलाई हुँने गरेको छ । अब धनकुटामा ल्याब संचालन हुँने भएपछि धनकुटासहित छिमेकी जिल्ला भोजपुर, संखुवासभा, तेह्रथुम लगायत जिल्लामा संकलन भएको स्वाब परीक्षण धनकुटामै हुँनेछ ।

पूर्वी पहाडी जिल्लाबाट पीसीआर परीक्षण गर्न तराई झर्नुपर्दा असहज भएको भन्दै धनकुटाका प्रतिनिधि सभा सदस्य राजेन्द्र राईसहित चार वटै पहाडी जिल्लाका सांसदले धनकुटामा ल्याब राख्न पहल गरेका थिए । उनीहरुले संसद बैठकमा कुरा उठाउँनुका साथै स्वास्थ्य मन्त्रीलाई पनि भेटेर पहल गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement