Avatar photoRabin Katel

सुनसरी । धनकुटाको सहिदभूमीका एक युवा धरानबाट हतियारसहित पक्राउ परेका छन् । सहिदभूमी-६ का २७ बर्षीय रोशन राईलाई हतियारसहित धरान–१५ बाट प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

१ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । धरानमा लुकीछिपी बसेका राईलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले प्रयोग गर्ने गरेको मोटरसाईकलको सिटमुनी प्लाष्टिकमा बेरेर रखिएको १ थान पेस्तोल र ३ राउण्ड गोली पनि बरामद भएको छ । उनीबिरुद्ध सुनसरी जिल्ला अदालतमा हातहतियार खरखजना मुद्दा दायर गरिएको छ ।

मुद्दा दायर गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement