- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको खाँदबारीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुब्दा खाँदबारी–८ का १७ बर्षीय युवराज कटवालको मृत्यु भएको हो ।

खाँदबारी बेतिनीस्थित पोखरीमा उनी साथीहरुसँग पौडी खेल्न पसेका थिए । पौडी खेल्ने क्रममा डुब्दा कटवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!