- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा गएराती ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिराटनगरबाट अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर संखुवासभातर्फ जाँदै गरेको को.१ ख.४३६६ नम्बरको ट्रक राती करिव साढे ९ बजे पल्टिएर सडक छेउको घर किचेको हो ।

दुर्घटनामा परी ट्रक चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । मृतक चालकको पहिचान खुल्न वाँकी छ ।

अनियन्त्रित भएर पल्टिँदा ट्रकले सडक छेउमा रहेको अर्पणा लिम्बुको घर किचेको छ । ट्रकले घर किच्दा अर्पणाकी १२ बर्षीया छोरी अजुनु घाईते भएको भेडेटारका प्रहरी प्रमुख यदु खड्काले बताए । उनका अनुसार भेडेटारस्थित स्वास्थ्य सस्थामा घाईते बालिकाको उपचार भईरहेको छ । अनियन्त्रित भएर पल्टिँदा घर भत्काएर ट्रक सडकबाट करिव ५० मिटर तल खसेको छ ।

ओरालो सडकमा अनियन्त्रित भई ट्रक दुर्घटना भएको अनुमान गरिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । दुर्घटना पश्चात ट्रकका सह–चालक फरार छन् ।

यो पनि हेर्नुहोस्…

धनकुटामा सडक छेउको घर भत्काउँदै यसरी पल्टियो ट्रक (फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसबुक पेज लाइक गर्नुहोस्
Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!