सन्तोष रुचाल/संगालोखबर

धनकुटा । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणका लागि आवश्यक सामग्री वितरण थालिएको छ ।

Advertisement

संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायत सामग्री वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणका लागि आवश्यक सामग्री खरिद गरेर वितरण गर्न थालिएको गाउँपालिका उपाध्यक्ष विन्द्रा राईले बताईन् । गाउँपालिकाको फुसको छानारहित अभियानसँग जोडेर सुरक्षित नागरिक आवास कार्यक्रमलाई अगाडि बढाइएको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सो गाउँपालिकाको वडा नं. ७ र ८ मा २५/२५ वटा आवास निर्माण भईरहेका छन् । आवास निर्माणका लागि संघीय सरकारले ५० हजार रुपैँया रकम उपलब्ध गराएको छ । पहिलो किस्ता वापत प्राप्त भएको ३० हजारले जस्तापाता ३२ एमएमको ३ बण्डिल, मगडा २४ फुट, काँटी ३ केजी, वासर ७ पोका खरिद गरेर वितरण गरिएको वडा नं. ८ का वडाध्यक्ष बिनय राईले बताए । उनका अनुसार आवास निर्माण कार्य अन्तिम चरणमा पुगेपछि बाँकी अन्तिम किस्ता भुक्तानी हुनेछ ।

विगत वर्षहरुमा संचालित जनता आवास कार्यक्रम धनकुटामा प्रभावकारी बन्दै गएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!