
मोरङ । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा चेपिएर एक जनाको मृत्यु भएको छ । खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिदा स्थानीय २२ बर्षीय मोहम्मद सजाद मियाको मृत्यु भएको हो ।
धनपालथान–६ का लखना रायको खेतमा जोत्ने क्रममा को.२ त.६२१८ नम्बरको ट्याक्टर पल्टिएर किच्दा मियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।