मोरङ । बिराटनगर महानगरपालिका–१६ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिराटनगर–३ का ३५ बर्षीय राजु श्रेष्ठ डाइलेक्स डि.सी. १० बोतल, कउ ७२ चक्की र निट्राभेट १५ चक्कीसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४० प. ५०२७ नम्बरको मोटरसाईकलमा सवार श्रेष्ठलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।