संगालोखबर सम्बाददाता

धरान । छिमेकीलाई छुरा प्रहार गरेर फरार भएका धरान उपमहानगरपालिका–१५ का निश्चल लिम्बुलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ । धरान–१५ स्थित नयाँ सडकमा स्थानीय १८ बर्षीय केशव राईलाई छुरा प्रहार गरेर फरार भएका लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

गत बैशाख ५ गते घर नजिक रहेका राईलाई १८ बर्षीय लिम्बुले पेट लगायत शरीरका बिभिन्न भागमा छुरा प्रहार गरेका थिए । त्यसपश्चात फरार रहेका लिम्बुबिरुद्ध पीडित पक्षले किटानी जाहेरी दिएका थिए ।

उनलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । छुरा प्रहारबाट घाईते राईको अवस्था सुधारोन्मुख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!