- संगालोखबर सम्बाददाता

धनकुटा । रुकुम चौरजहारी घटनाका दोषीलाई कारबाहीको माग गर्दै धनकुटाको सहिदभूमीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको छ । सहिदभूमी क्षेत्रमा क्रियासिल दलित संबद्ध संघसस्थामा क्रियासिल व्यक्तिहरुले सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

दलित एकता समाजका अध्यक्ष सूर्यप्रकाश विश्वकर्माले गाउँपालिका अध्यक्ष राईलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्रीसमक्ष पुर्याउँन आग्रह गरेका छन् । १६ जना दलित अधिकारकर्मीद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा नवराज विकसहितका युवाहरुको बिभत्स हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।

ज्ञापनपत्रमा धनकुटाकी १३ बर्षीया दलित बालिकामाथि भएको यौन शोषणमा संलग्नलाई उन्मुक्ति दिने प्रयास भईरहेको भन्दै दोषीलाई कडा कारबाहीको मागसमेत गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!