- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा एभोकाडोका बिरुवा वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाई अनुदानमा दुई हजार ३ सय एभोकाडोका बिरुवा वितरण गरिएको हो ।

Advertisement

एभोकाडो उत्पादन हुने क्षेत्र छनौट गरेर वडा नं. १, २, ५, ६ र ८ का १९ वटा कृषक समुहलाई एभोकाडोका विरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । गाउँपालिकाले एभोकाडो खेतीको परिणामका आधारमा आगामी बर्ष पनि यो अभियानलाई निरन्तरता दिने योजना बनाएको छ ।

पछिल्लो समय धनकुटा जिल्लामा नै एभोकाडो खेतीतर्फ कृषकहरु आकर्षित बन्दै गएपछि स्थानीय सरकारहरुले एभोकाडो खेतीमा लगानी गर्दै आएका छन् । फलफुलको राजा मानिने एभोकाडो उत्पादन तथा विक्री वितरणलाई व्यापक र व्यवसायिक बनाउन धनकुटा नगरपालिकाले दुई वर्ष अगाडी नै धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरेर अभियानकै रुपमा एभोकाडो खेती अगाडी बढाएको छ ।

तराईको भू–भागदेखि करिब १ हजार ७ सय मीटरसम्मको उचाईमा उत्पादन हुने एभोकाडो प्रतिकेजी दुई सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म विक्री हुदै आएको छ । नेपालमा एभोकाडो उत्पादन हुने क्षेत्र मध्ये धनकुटा पहिलो हो भने इलाम, म्याग्दी, कास्की लगायत २६ जिल्लामा पनि यसको खेती शुरु गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!