संगालोखबर सम्बाददाता

 

Advertisement

झापा । झापामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । गौरादह–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारीलाई प्रतिवन्धित लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

आईतबार साझँ साढे ६ बजे कमल गाउँपालिका–५ लवडाँडास्थित राजमार्गमा मे.५प.७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिशेष सुराकीका आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर कानुनी कारबाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!