धनकुटा । धनकुटाको भेडेटार बजार अनुगमन गरिएको छ । धनकुटा जिल्ला बजार अनुगमन समितिले मंगलबार बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलमा म्याद सकिएका सामाग्रीहरु भेटिएकाले व्यापारीहरुलाई सचेत गराईएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन गरी पसलहरुमा मुल्य सूची राख्न, सामाजिक दुरी कायम गरी सुरक्षित रुपमा व्यवसाय संचालन गर्न र म्याद सकिएका खाद्य सामाग्री नवेच्न आग्रह गरिएको अनुगमन टोलीमा सहभागि उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए ।
अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, घरेलु कार्यालयका प्रमुख दिनेश दुंगाना, करदाता सेवा कार्यालयका प्रुमख रमेश ढकाल, पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई, भेडेटार प्रहरी चौकीका प्रमुख युद खड्का, साँगुरीगढी गाउँपालिका वडा नं.६ का अध्यक्ष यमप्रकाश मगर लगायत अनुगमन टोलीमा सहभागि थिए ।
अनुगमन टोलीले केही दिन अघि सिधुवा बजारको पनि अनुगमन गरेको थियो ।