संखुवासभा । एनएमबि लघुवित्त वित्तीय संस्थाको संखुवासभा र भोजपुर शाखालाई घरधनीले भाडा मिनाहा गरेका छन् । संखुवासभाका दुई र भोजपुरका एक शाखालाई घरधनीले असार महिनाको घरभाडा छुट दिएका हुन् ।
संखुवासभाको धर्मदेवि नगरपालिका–४ माम्लिङमा रहेको शाखा कार्यालयलाई घरधनी टेककुमारी सुव्वा र खादबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको शाखाका घरधनी अखिल श्रेष्ठले घरभाडा छुट दिएका छन् । त्यस्तैगरी भोजपुर नगरपालिका वडा नं. ७ मा रहेको शाखा कार्यालयलाई पनि घरधनी प्रेमकुमारी राईले असार महिनाको भाडा छुट दिएकी छन् ।
कोरोना भाईरस संक्रमण रोकथामका लागि गत चैत ११ गतेदेखि सरकारले घोषणा गरेको लकडाउनका कारण सस्थालाई परेको समस्यलाई मध्यनजर गर्दै भाडा छुट दिएको घरधनीहरुले बताएका छन् ।
पोखराको हेम्जामा केन्द्रिय कार्यालय भएको एनएमबि लघुवित्तले ग्राहकको समस्यालाई ध्यान दिदै बैशाख महिनादेखि व्याजमा ३ प्रतिशत सहुलियत दिदै आएको छ ।